२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अष्ट्रेलियामा बडादशैंको उत्साह, महायज्ञमा उठ्यो साँढे ६ करोड सहयोग !

Bad Dashain excitement in Australia

ब्रिजबेन । मेलवर्नस्थित नेपाली बहु सांस्कृतिक केन्द्र र अन्य राज्यका नेपाली सामुदायिक केन्द्रहरुमा भेला भएर अष्ट्रेलियामा रहेका नेपालीहरुले विजया दशमीको टिक लगाएका छन् । सामुहिक रुपमा भेला भएर विजया दशमीको टिका र जमरा लगाउँदै अष्ट्रेलियामा रहेका नेपालीहरुले आफ्नो महान चाड बडादशैं मनाउने संस्कृति भावी पुस्तामा हस्तान्तरण गरेका हुन ।

विजया दशमी पर्व विदेशमा समेत भब्य रुपमा मनाइदैगर्दा दशैँको अवसरमा लगाइएको बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मार्फत साँढे ६ करोड आर्थिक सहयोग संकलन भएको छ । “गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित नेपाली बहुसांस्कृतिक केन्द्र ले सञ्चालन गरेको नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ समापन हुँदासम्म करिब १५ हजार नेपालीले सहभागिता जनाएको, अष्ट्रेलियन डलर ६ लाख,५० हजार अर्थात नेपाली रूपैयामा झन्डै ६ करोड ५० लाख आर्थिक सहयोग संकलन भएको अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले नेपालट्युबलाई जानकारी दिनुभयो । अष्ट्रेलियाको मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा चलेको ज्ञान महायज्ञ कार्तिक ७ अर्थात अक्टोबर २३ मा समापन भएको थियो ।

नवाह ज्ञान महायज्ञ सप्ताह सम्पन्न भएसँगै आज बहु्सांस्कृतिक केन्द्रमा निशुल्क जमरा वितरणका साथै एकै ठाउँमा भेला भएर नेपालीहरुले टिका जमरा लगाएका थिए । अष्ट्रेलियामा नेपालीहरु सामुहिक रुपमा भेला भएर दशै लगायतका चाडपर्व मनाउने, विभिन्न मेला प्रदर्शनी गर्नेगर्दा भावी पुस्तामा समेत नेपाली कला, संस्कृति अनि चाडपर्व मनाउने र निरन्तरता दिने संस्कार विकास भैरहेको छ ।

नेपालमा पनि टिका जमरा लगाइदै
नेपालमा समेत बिहान ११ बजेर २ मिनेटदेखी नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । आजबाट सुरु भएको टिका लगाउने क्रम पुर्णिमाका दिनबाट समापन हुनेछ, अर्थात बडादशैं अक्टोबर २९ अर्थात कार्तिक १२ बाट दशैं विधिवत रुपमा समापन हुनेछ । अहिले मान्यजनको हातबाट टिका लगाउन आफन्तकोमा जाने आउने क्रम देखिएको छ । यो अझै ४ दिनसम्म कायमै रहनेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस