२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपमा चमत्कारीक रेकर्ड : अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले हरायो

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले ऐतिहासिक जित हात पारेको छ । नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको हो ।आइसिसी क्रिकेट विश्वकप २०२३ को २४ औं खेलमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको छ ।

बुधबार दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा अष्ट्रेलियाले डेभिड वार्नर र ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्दतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनाएको थियो ।

जवाफमा नेदरल्याण्ड्सको टोलीले २१ ओभरमा ९० रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् सकेनन् । नेदरल्याण्ड्सका लागि विक्रमले सर्वाधिक २५ रन बनाए । अष्ट्रेलियाका लागि एडम जाम्पा सर्वाधिक सफल बलर बने । उनले ४ विकेट लिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस