२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फाइनलमा उत्तम–अर्जुनको अर्धशतक र देवको शतकले यूएईलाई २८१ रनको लक्ष्य

Dev Khanal and Arjun Kumal both completed fifties against UAE

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरको समाप्तिमा ८ विकेटको क्षति ब्यहोर्दै २८० बनाएर २८१ रनको कठोर लक्ष्य पेश गरेको हो ।

खेलमा नेपालका उत्तम थापा मगरलेपनि अर्ध शतक पूरा गरेका छन् । उनले ६२ बलमा ५० रन पूरा गरेका हुन् । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जीका उत्तम थापा मगर पाँचौ विकेट ढलेपछि छैठौं विकेटका लागि पीचमा आएका थिए ।
यसअघि नेपालका कप्तान देव खनालले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरे ।

उनले ९० बलमा १०० रन ल्याउँदै शतकको यात्रा पूरा गरे । नेपालका लागि अर्का ओपनर अर्जुन कुमाललेपनि अर्धशतकको योगदान दिएका थिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस