२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यो बर्ष यसकारण लगाएनन् ओली, नेपाल र प्रचण्डले दशैंको टीका

This year Oli Nepal and Prachanda did not take Dashain Tika

काठमाडौं । शीर्ष नेताहरूले यसपटकको दशैंको टीका लगाएनन् । अरु नेता एवम् सर्वसाधारणहरूले टीका लगाइरहँदा शीर्षस्थ नेताहरूले भने लगाएनन् । उनीहरूले जुठो बार्नुपर्ने भएकाले टीका नलगाएका हुन् ।

जुठो पर्ने नेताहरूमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत छन् ।

प्रधानमन्त्री प्रचण्डका सचिवालयकाअनुसार ३ महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यसपटक उनले टीका लगाएनन् । यस्तै एमाले अध्यक्ष ओलीले पनि टीका लगाएनन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले उनले टीका नलगाएका हुन् । उनको सचिवालयकाअनुसार उनले आफूले नलगाए पनि कार्यकर्ताहरूलाई भने टीका लगाइदिएका छन् ।

ओलीले परिवारमा टीका नलगाएको उनको सचिवालयले जनाएको छ । आफूले टीका नलगाए पनि उनले कार्यकर्तालाई भने टीका लगाइदिएका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि टीका लगाएनन् । ७ महिनाअघि उनले भाइ सरोजकुमार उपाध्याय गुमाए । त्यसैले उनले टीका लगाएनन् ।

अरु नेताहरूले भने परिवारमा टीका लगाएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले भने आफूले पनि टीका लगाएका छन् भने नेता–कार्यकर्तालाई पनि लगाइदिएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस