२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाका क्वेन्टन डि ककले पूरा गरे शतक

South Africa's Quinton de Kock completes century

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाका क्वेन्टन डि ककले शतक पूरा गरेका छन् ।

मुम्बईको वानखेडे स्टेडियममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले सुरुमा कमजोर सुरुआत गरेपनि क्वेन्टन डि कक र एडेन मार्करमले पारी सम्हालेका थिए । एडेन मार्करम आउट भएपनि डि ककले १०१ बलमा १०० रन पूरा गरे । उनले शानदार ४ छक्का र ६ चौका प्रहार गरे ।

हालसम्मको अवस्थामा दक्षिण अफ्रिकाले ३५ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १९६ रन बनाएको छ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस