२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उडायो दशैंको रौनक : भूकम्पको त्रासले धादिङका स्थानीयको घर बाहिरै रात

धादिङ । पुनः भूकम्प आउने त्रासका कारण धादिङका स्थानीयको दशैंको रौनक नै उडाएको छ । उनीहरु घर बाहिर रात कटाइ रहेका छन् । हिजो पाँच गते आइतवार विहान धादिङको ज्वालामुखी गाउँपालिका स्थित खरी केन्द्र विन्दु बनाई ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएपछि पटक–पटकको परकम्पनका कारण यहाँका स्थानीयहरुमा त्रास थपिएको छ ।

आइतबार धादिङमा बिहानदेखि सात पटकसम्म भूकम्पको धक्का महशुस भएपछि अझ ठूलो भूकम्प आउन सक्ने भन्दै घर बाहिर बसेका हुन् । सोमबारको रातपनि उनीहरुको रात बाहिर नै कट्यो । आज दशैंको टिका लगाउन मात्र घरभित्र छिरेका छन् । उनीहरु अत्यासमा नै छन् ।

खुल्ला स्थानमा बसेका मानिसहरुलाई नीलकण्ठ नगरपालिका–३ ले त्रिपालको ब्यवस्था गरी बस्ने ब्यवस्था मिलाएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । विहान गएको भूकम्पका कारण ज्वालामुखी गाउँपालिकामा २४ घरमा क्षति पुगेको छ भने धेरै घरहरु चर्किएका छन ।

क्षति पुगेका २४ घर मध्ये ६ वटा पूर्ण क्षति भएको हो भने अन्य घरहरुमा सामान्य क्षति पुगेको विपद व्यवस्थापन समितिका अध्यक्ष एवं धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताएका छन् । भूकम्पका कारण केही बाटोहरुमा पहिरो गएको छ भने मानवीय क्षति चाहिँ भएको छैन ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस