२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाल : देव खनाल र अर्जुन कुमाल दुबैले पूरा गरे अर्धशतक, कप्तान देव शतक नजिक

Dev Khanal and Arjun Kumal both completed fifties against UAE

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिडिरहेका छन् । यो समाचार लेख्दासम्म नेपालले २८.३ ओभरमा तीन विकेट गुमाउँदै १४९ रन बनाएको छ ।

नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले अर्धशतक पूरा गरे । उनीहरूबीच शतकीय साझेदारीपछि अर्जुन आउट भए । खराब सुरुवात गर्दै दुई विकेट छिट्टै गुमाएको नेपाललाई देव र अर्जुनले सम्हालेका थिए । कप्तान देव शतक नजिक छन् । उनले ६९ बलमा ७८ रन लिएका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १४ रनमै दुई विकेट गुमाएको थियो । ओपनर दीपक बोहरा ५ रन र आकाश त्रिपाठी शून्यमा आउट भए । त्यसपछि देव र अर्जुनको साझेदारीले नेपाललाई बलियो स्थितिमा पुर्‍याएको थियो । अर्जुनपनि आउट भएपछि अहिले उत्तम थापा मगर र देव खनाल क्रिजमा छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस