२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुमो दुर्घटनामा नेपाल घुम्न आएका १३ भारतीय तीर्थयात्रु घाइते

Road Accident

मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन्।

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडक खण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३–००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले बताए। सुमोमा सवार घाइते सबै भारतीय तीर्थ यात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडाैं पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

 

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस