२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलले लागेर घाइते आसिफ शेखलाई ब्याटिङमा असर कस्तो छ ?

What is the effect on Asif Sheikh's batting after being hit by a ball

६ कात्तिक, काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा यूएईले ब्याटिङ गर्दा आसिफ शेख विकेट किपर थिए । उक्त क्रममा उनी घाइते भएर मैदान बाहिर आएका थिए । त्यसपछि उनको ठाउँमा विनोद भण्डारी पठाइयो ।

अहिले उनी यूएईविरुद्ध ब्याटिङ गरिरहेका छन् । उक्त चोटले आसिफलाई खासै असर गरेको देखिन्न । उनले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए ।

फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थियो । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् । मैदानमा उपस्थित फिजियोका अनुसार उनलाई उक्त बेलाको चोटले खेललाई खासै प्रभाव नपार्ने बताएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस