२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इतिहासकै ठूलो विश्व स्वर्ण विजेता विजय: राष्ट्रिय झण्डा फहराउदा गर्वले छाती फराकिलो भयो

Usu player Bijay Sinjali won a record gold medal at the World Combat Games

६ कार्तिक, ललितपुर । उसु खेलाडी विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण पदक जितेका छन्। चीनको हाङझाउमा राष्ट्रिय किर्तीमान कायम गर्दै उत्कृष्ट प्रर्दशन गरेका विजयले साउदी अरबियाको रियादमा सम्पन्न विश्व कम्ब्याट गेम्समा स्वर्ण पदक जिते।

उनले २ साता अघि बनाएको आफ्नै नाममा रहेको किर्तिमानलाई समेत भंग गर्दै नयाँ रेकर्ड राखेका छन्। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका स्वर्णधारी विजयले पुरुष थाउलोको छाङछ्वानमा ९.७२ अंक जोड्दै राष्ट्रिय किर्तीमानसहित स्वर्ण जितेका हुन्। यसअघि उनकै नाममा १९ औं एसियाडमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान रहेको थियो।

सो प्रतिस्पर्धामा इरानका अहमद शेखले रजत पदक जिते। उनले ९ दशमलव ५८ अंक बटुले। ब्राजिलका पेरिरा डा सिल्भा ९ दशमलव ५ अंक जोड्दै तेस्रो भए। महत्वपूर्ण पदक दिलाउन पाउँदा अत्यन्त हर्षित छु, विजयले भने, पदक जितेर राष्ट्रिय गान र झण्डालाई अग्रपंक्तिमा राख्न पाउँदा गर्व छाती फराकिलो भएको छ। १९ औँ एशियाडमा सहभागी १४ जना खेलाडीमा उनी सातौँ स्थानमा आएका थिए। सो स्पर्धामा चीनले स्वर्ण, इण्डोनेसीयाले रजत र मकाउले कास्य पदक जित्यो।

नेपाल उसु महासंघले विश्व कम्ब्याट गेम्समा विजयको यो ऐतिहासिक पदकको स्वागत गरेको छ। उसुको इतिहासमा यो पहिलो पटक अन्तराष्ट्रिय ठूलो पदक पनि हो, यो राष्ट्र कै गौरवको कुरा हो, महासंघका सचिव निकेस श्रेष्ठले भने, नेपाली खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणसहित अझै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर मिले धेरै खेलाडीहरूले पदक जित्ने पक्का छ। साउदीमा भएको यो प्रतियोगितामा विजयसँगै महिला खेलाडी निमा घर्ती मगर पनि सहभागी भएकी थिइन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस