२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरहरुले नै मलाई अन्तिममा जित्ने रोल दिनुभएको छ : देशलाई योगदान दिन्छु -दीपेन्द्र सिंह ऐरी

Sirs have given me the role to win in the end I contribute to the country - Dipendra Singh Airi

६ कार्तिक, काठमाडौं । नेपालका अलराउण्डर क्रिकेटर दीपेन्द्र सिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान हुन् । ब्याक टू ब्याक उनका नाममा रकेर्ड बनिरहेको छ । अहिले देशले उनलाई जित निकाल्न संघर्षपूर्ण अवस्थामा भरोसाको रुपमा राखेर मैदानमा उतार्ने गर्छ ।’

त्यो विश्वासलाई उनले नतिजामा परिणत गरिदिन्छन् । महानवमीका दिन मुलपानी क्रिकेट मैदानमा यूएईविरुद्ध भएको खेलमापनि त्यस्तै भयो । नेपाल संघर्षपूर्ण अवस्थामा पुगेको थियो ।’

त्यो अवस्थामा दीपेन्द्र सिंह ऐरी मैदानमा उत्रिए । उनले मात्र १५ बलमा ६ चौका र १ छक्का सहित ४० रन बनाए । दीपेन्द्रको चमत्कारीक ब्याटिङले देशलाई अपराजित राख्न मद्दत गर्यो । खेलको सुरुवात देखि अन्तिमसम्म संघर्षपूर्ण अवस्थामा रहेको नेपाल दीपेन्द्र सिंह ऐरी पीचमा आएपछि शनसनीपूर्ण जित दर्ता गराउन सफल बन्यो ।

खेलपछिको कुराकानीमा दीपेन्द्रले भने क्याप्टेन कोच सरहरुले नै मलाई अन्तिममा जित्ने रोल दिनुभएको छ, देशका लागि योगदान दिन्छु नै ।,

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस