२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि

Sacrifice of 15 thousand 251 goats at Rajdevi temple in Janakpur

जनकपुरधाम । मधेश प्रदेशकै प्रसिद्ध जनकपुरधामको राजदेवी मन्दिरमा दशैंको महाष्टमी राति हजारौं बोकाको बली चढाइएको छ ।

आइतबार राति निशानपूजा सम्पन्न भएलगत्तै ८ः२० बजेबाट बलि दिन सुरू गरियो । आज बिहान ४ः०५ बजे बलि सम्पन्न भयो । आठ घण्टामै मन्दिरमा १५ हजार २५१ बोकाको बलि चढाइएको छ । बलि चढाउन सयौं स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक मिनेट ३० देखि ३५ वटा बोकाको बलि दिइएको छ ।

छिमेकी जिल्लाहरु सिरहा, महोत्तरी र भारतको विहार राज्यबाट समेत यहाँ बलि दिन श्रद्धालुहरू आउने गर्छन् । भाकल (मनोकामना) पूरा हुने जनविश्वासका साथ यहाँ बलि दिने प्रचलन छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस