२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालका लागि क्रिकेटमा आज अर्को महत्वपूर्ण दिन : केहीबेरमा यूएईसँग भिड्दै

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपालका लागि अपराजित यात्रा कायम राख्न महत्वपूर्ण खेल छ । एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज चिरपरिचित प्रतिस्पर्धी यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो । यूएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ । यसअघि नेपालसँग पराजित भएको यूएईले आइतबार हङकङलाई पराजित गरेको थियो ।

नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस