२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटमा नेपाल सामु यूएई निरिह : सोमपालले तीन ओभरमा नै कप्तानसहित दुई विकेट चट्काए

Difficult for UAE against Nepal in cricket Sompal took two wickets with the captain in three overs

 

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चमत्कारीक बलिङ गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सुरुको दुई ओभरमा नै दुई विकेट लिएको छ । नेपालका घातक बलर सोमपाल कामीले पहिलो र तेस्रो ओभरमा नै यूएईका दुई विकेट लिएका छन् ।

उनले पहिलो ओभरमा यूएईका ओपनर खालिद साहको विकेट लिए । यूएईका खालिद साह अत्यन्तै विस्फोटक ब्याट्सम्यान थिए । ५ बल खेल्दा लगातार तीन चौका हानेका खालिदलाई पाँचौं बलमा सोमपालले घर पठाइदिए ।

२.४ ओभरमा नै सोमपाल कामीकै बलमा गुल्सन झाले क्याच गर्दै यूएईको अर्को विकेट लिए । सोमपालले गुल्सनको हातबाट यूएईका कप्तान मुहम्मद वसीमलाई घर पठाए ।

नेपाली टीमका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङको निर्णय गरेका हुन् । यसअघिका ३ वटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । यूएईले भने एक खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।

हङकङले भने एक खेल पनि जित्न सकेको छैन । टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपालले घरेलु मैदानमा शृंखला खेलिरहेको हो । विश्वकप छनोट एक सातापछि काठमाडौंमै सुरू हुँदैछ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस