२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनुषामा टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा : प्रहरीद्वारा लाठीचार्ज

Dhungamudha at Dhanusha Tiktokstar Preeti paswan program

जनकपुरधाम । धनुषाको सबैला बजारस्थित दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी टिकटकस्टार प्रिती पासवानमाथि ढुंगामुढा भएको छ ।

युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेका थिए । त्यसपछिको अवस्था ढुुंगामुढामा परिणत भएको थियो । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार ढुंगामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको छ । हुलदंगापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । प्रहरीको लाठी चार्जबाट पनि दर्जनौं व्यक्ति घाइते भएका छन् । धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् ।

आश्रुग्यास प्रहार वा हवाइ फायरबारे अहिले जानकारी नआएको डिएसपी अवाले जानकारी दिए । उनले ढुंगामुढाबाट तीन प्रहरी घाइते भएको र थप विवरण आउँन बाँकी रहेको बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस