२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ दशैंको टिका लगाइदिँदा महिलालाई दिइने आशिष र त्यसको अर्थ

Blessings given to women and their meaning when they wear Dashain tika

काठमाडौं । विजयादशी । मान्यजनसँग टिका र आशिष थाप्ने दिन । दशैंमा टिका लगाउँदा श्लोकमार्फत दिइने आशिषको विशेष महत्व हुन्छ । पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक छन् । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठाग्र भए पनि यसको अर्थ भने कमैलाई थाहा छ । यहाँ महिलालाई दिइने आशिष र त्यसको अर्थ बुझाउन गइरहेका छौं । पुरुषलाई दिइने आशिष र अर्थ पाठको अन्तिममा राखिएको छ ।

महिलालाई आशीष दिँदा भनिने श्लोक –

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते

अर्थ: दसैं मूलतः असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने पर्व हो ।

राक्षस महिषासुरलाई देवी दुर्गा भवानीले परास्त गरेको कथा दसैंसंगै जोडिएर आउँछ । यसर्थ दसैं मूलतः देवी पूजन पनि हो । यहीकारण आशीष दिदाँ महिलाहरुलाई दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् भनेर कामना गर्ने चलन छन् । ‘जयन्ती, मंगलाकाली, भ्रदकाली, कपालीनी, दुर्गा, क्षमा, शिवा, धात्री,स्वाहा र स्वधा नामले प्रसिद्ध देवी तिमीलाई नमस्कार छ’ भन्ने आशयले यो श्लोक वाचन गरेर आशीर्वाद दिने गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस