२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति, ठाउँ–ठाउँमा सुख्खा पहिरो

The earthquake damaged the houses of 18 families in Dhading

५ कात्तिक, काठमाडौं । आइतबार बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ ।

आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।

बिहान ७ बजेर ३९ मिनेटको भूकम्पपछि थप पाँच वटा साना पराकम्पन आएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय क्षति छैन, घर गोठ चाँहि भत्किएको, चर्किएको छ’ । ठाउँ–ठाउँमा सुख्खा पहिरो आएको छ । रुख ढलेका छन् उनले भने ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस