२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हमासको आक्रमणमा मृत्यु भएका ४ जना नेपालीको शव धनगढी लगियो, विपिन अझै अज्ञात

The bodies of 4 Nepalis who died in the attack of Hamas were taken to Dhangadhi

५ कात्तिक, काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव आज कैलालीको धनगढी लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले पुष्टि गरेको छ । दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आज बिहान काठमाडौँ ल्याइएको थियो ।

काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । उनीहरूको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरेका थिए । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस