२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतका कोहली नायक बन्दा न्युजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम

India vs New Zealand Live World Cup 2023 Virat Kohli’s brilliance take IND to a four wicket win

५ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।

भारतको जीतमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए । लोकी फर्गुसनको बलमा बोल्ड हुन अघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । गिल पनि फर्गुसनकै शिकार बने । उनले २६ रन बनाए ।

श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए । यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए । अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् । प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस