२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बडादशैंको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना : पूर्व राष्ट्रपति भण्डारी

५ कार्तिक, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा शुभकामना दिएकी छन्। उनले नेपालीहरूको महान् चाड बडादशैंमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएको भन्दै असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादशैं पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।

‘ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दशैंजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ। कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन।’ उनको शुभकामना सन्देशमा लेखिएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस