२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भरपर्दो प्रविधि एन्ड्रोइड अलर्ट : केही सेकेण्ड अघि दिएको थियो भूकम्पको अलर्ट

android earthquake alert system work kathmandu earthquake

काठमाडौं । नेपालको राजधानी काठमाडौं लगायत आसपासका जिल्लामा आज शक्तिशाली भूकम्पको धक्का आएको छ । ७ः३९ देखि ७ः४० को बीचमा दुई कम्पन आएको हो ।

यो भूकम्पको केही सेकेण्ड अघि भरपर्दो प्रविधि एन्ड्रोइड अलर्टले (अलर्ट) जारी गरेको थियो । भूकम्पसँगै जस्तो आएको अलर्टमा काठमाडौंको बालुवाटारबाट ३९ माइलसम्म कम्पन, ६.१ रेक्टर स्केलको भूकम्प भनेर अलर्ट आएको थियो ।

इन्टरनेट चालु रहिरहेका र नेटवर्कको सही ठाउँमा रहेका एन्ड्रोइडका प्राय डिभाइसमा यो अलर्ट आएको छ । पपअप हुनेवित्तिकै हट्ने यो अलर्ट धेरैले ख्याल गर्नुभएन होला । एन्ड्रोइडमा आएको अलर्ट जस्तै नभन्दै काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। आशा छ तपाईहरु सबै सुरक्षित हुनुहुन्छ । आफ्नो बारेमा कमेण्टमा अपडेट दिनुहोस् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस