२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेमको प्रतिक रानी महल पुगेर फर्केको धिताल-लोहनी परिवारका ६ जना नै जिप दुर्घटनामा निधन

6 members of the family died in a jeep accident

काठमाडौं । पाल्पाको रानी महललाई आधुनिक प्रेमको प्रतिक भनिन्थ्यो । यहाँ जोडीहरु पुग्ने गर्दथे । तर आइतबार साँझ यहाँ पुगेर फर्किदाँ एक अमिट प्रेम भताभुङ्ग भयो । जिप दुर्घटनामा परी एक परिवारको नाता-सम्बन्ध चकनाचुर भयो ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका, छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी र सम्धिनी ५५ वर्षीया चुना धितालसहित रानी महल पुगेका थिए । त्यहाँ पुगेर फर्किने बेलामा जिप दुर्घटना भयो । छोरा ईश्वरबहादुर लोहनी बाहेक ६ जनाको नै निधन भयो ।

जिप चालक गम्भीर घाइते ईश्वरको उपचार हुँदैछ । दुर्घटनामा परी गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईंले जानकारी दिए।

पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो। पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जिप बराङ्दी खोलाको खोंचमा झरेकाले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो। सडकबाट झन्डै एक सय मिटर तल छाँगोबाट खसेको जिप खोलाका ढुंगामा बजारिएर क्षतविक्षत भएको छ। मृतकहरूको शव खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस