२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वास्तु अनुसार यस्तो हुनुपर्छ घरमा श्रीमान–श्रीमती सुत्ने कोठा

Vastu Tips for Couple Bedroom for Better Relationships

काठमाडौं । अहिले घर बनाउँदा वास्तु मिलाउने प्रचलन बढेको छ । मान्छेको व्यवहार, मनोभावलाई पनि सम्बोधन गर्ने भएकाले घर–भवन निर्माण गर्दा वास्तु हेराउने प्रवृत्ति व्यापक हुँदै गएको छ । वास्तुले समग्र घरसँगै त्यसभित्रका भान्सा, बैठक, शयन कक्ष कहाँ र कसरी तयार गर्नुपर्छ भनी निर्देशन गरेको छ ।

वास्तुले भूगोल, हावापानी, दिशा, समय आदिलाई आधार बनाएर कुनै पनि संरचनाको खाका तयार गर्न समूचित रुपरेखा कोरिदिने ज्योतिष तथा खगोल विद्हरुको तर्क छ । घर निर्माण गरिरहँदा दम्पतीको शयन कक्षलाई पनि निकै महत्व दिइन्छ । दाम्पत्य सुखका लागि शयन कक्षको वास्तु सही हुनुपर्ने ज्योतिषीको दावी छ ।

कुन दिशा ?
वास्तुशास्त्र पाँच तत्वसँग सम्बन्धित छ । पञ्चतत्व भनेको पृथ्वी, जल, वायु, आकाश र तेज हुन् । यी सबैको प्रभाव अनुसार घर र कोठाको खाका तयार गर्नु नै वास्तु मिलाउनु हो । ‘दम्पती सुत्ने कोठा घरको नैरित्य दिशामा हुनुपर्छ । अर्थात् दक्षिण–पश्चिमको मध्यभागमा हुनुपर्छ ।’ नैरित्य कोणमा पृथ्वीको गुण बढी हुन्छ । यो कक्षमा राम्ररी सूर्यको प्रकाश पर्छ । हावा पनि पर्याप्त आउजाउ गर्छ । यस किसिमको वातावरणले दम्पतीको तन र मन दुवैलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, उनीहरुमा उमंग पनि कायम रहन्छ ।

दम्पती सुत्ने पलङको सिरानी दक्षिणतर्फ हुनुपर्छ । खासमा दक्षिणबाट उत्तरतर्फ चुम्बकीय तरंग प्रवाहित भइहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । पृथ्वीमा प्रवाहित भइरहने चुम्बकीय शक्ति र हाम्रो शरीरमा विद्यमान फलाम तत्वबीच समुचित तालमेल मिलाउन पनि हाम्रो सुत्ने आसनले खास प्रभाव पार्छ ।

घरको पूर्वी दक्षिण दिशालाई आग्नेयकोण भनिन्छ । दम्पतीको शयन कक्ष यस दिशातर्फ हुनुहुँदैन । यदि दम्पतीको शयन कक्षमा बाथरुम बनाउने भए दक्षिण–पश्चिम दिशा उपयुक्त हुन्छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस