२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्व आज खेलिरहेका नेपाली क्रिकेटर सन्दीपको आज जन्मदिन

Today is the birthday of Nepali cricketer Sandeep Zora who is playing against Hong Kong today

काठमाडौं । हङकङविरुद्व आज खेलिरहेका नेपाली क्रिकेटर सन्दीप जोराको आज जन्मदिन परेको छ । उनी २० अक्टोबर २००१ मा जन्मिएका हुन् । अग्रेजी मिति अनुसार हिजो नै भएपनि नेपाली समय अनुसार उनको जन्मदिन आज हो ।

कञ्चनपुर जिल्लामा जन्मिएका उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य हुन् । उनले २०१९ जनवरी २८ मा संयुक्त अरब इमिरेट्स विरुद्धको खेलबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि डेब्यु गरेका थिए ।

आईसीसीका अनुसार यूएईसँगको खेलमा सत्र वर्ष १०३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका थिए । दायाँ हाते ब्याट्सम्यान सन्दीप घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस