काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालको बलिङपनि उत्कृष्ट बनेको छ । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङको तेस्रो विकेट लिएको छ ।
हङकङको शुन्य रनमा नै एक विकेट गुमाएको थियो । खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिए । २.२ ओभरमा ललित नारायण राजवंशीले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले निजाकात खानलाई आउट गरे । लेग स्पिनर निजाकात खान टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ।
७.६ ओभरमा सोमपाल कामीले नेपालका लागि तेस्रो विकेट लिए । उनले बाबर हायतलाई आउट गरे । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको छ ।