२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध ब्याटिङ रोजेको नेपाललाई धक्का, ८ ओभरमा ४ विकेट गुम्यो

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज हङकङविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । तर सुरुवाती ब्याटिङ राम्रो भएन । नेपालले मात्र ८ ओभरमा नै ४ विकेट गुमाइसकेको छ ।

८.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । ५.६ ओभरमा आसिफ शेख आउट भए । ४.१ ओभरमा सोमपाल कामी आउट भए । १.१ ओभरमा नै कुशल भुर्तेल आउट भए । यसअघिका खेलमा कुशल भुर्तेल ब्याटिङमा चम्किने गर्दथे । मात्र ५५ रन जोड्दा नेपालले ८ ओभरमा ४ विकेट गुमायो ।

यसअघिका दुई खेल जितेको नेपाल यो खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ । यो खेल जिते नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यसै खेलबाट युवा फास्ट बलर प्रतिश जिशीले टी–२० आईमा डेब्यु गरेका छन् । अघिल्लो खेलमा हङकङविरुद्ध नै खेलेको टिममा केही परिवर्तन गर्दा प्रतिशले मौका पाएका हुन् । उनी अविनाश बोहराको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनोटकर्ता तथा राष्ट्रिय टिमका पूर्वखेलाडी दीपेन्द्र चौधरीले प्रतिशलाई डेब्यु क्याप दिए । उनी नेपालका लागि टी–२० आई खेल्ने ४५ औं खेलाडी हुन् । नेपालका लागि प्रतिशले ओडीआईमा यसअघि नै डेब्यु गरिसकेका छन् ।

उनले फेब्रुअरीमा पपुवा न्यु गिनीविरुद्ध विश्वकप लिग टु को खेलमा ओडीआईमा डेब्यु गरेका थिए । आजको खेलबाट स्पिनर ललित राजवंशी पनि टिममा फर्केका छन् । उनी फिट भएपछि प्लेइङ ११ मा परेका हुन् । यसअघि उनको ठाउँमा खेल्दै मौसम ढकालले डेब्यु गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस