२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हमास र इजरायलबीच जारी द्वन्द्वकाबीच राफा क्रसिङ बोर्डर खुला

Rafah border crossing opens amid ongoing conflict between Hamas and Israel

काठमाडौं । हमास र इजरायलबीच जारी द्वन्द्वका बीच राफा क्रसिङ बोर्डर खुला गरिएको छ। बोर्डर खुल्ला भएसंगै औषधि र खाद्य सामग्री बोकेका २० ओटा ट्रक इजिप्टबाट गाजा पट्टीको लागि छुटेका छन्।

इजरायली घेराबन्दी क्षेत्रमा खाद्यान्न, औषधि र पानीको अभावमा परेका प्यालेस्टिनीहरूलाई राफा क्रसिङ बोर्डर खुलेसंगै निश्चित रूपमा केही सहयोग पुग्ने विश्वास गरिएको छ।

प्यालेस्टिनी समूह हमासले एक विज्ञप्ति जारी गर्दै औषधि र खाद्य सामग्री बोकेका ट्रकहरू इजिप्टबाट गाजा पट्टीको लागि प्रस्थान गरेको जनाएको छ। अहिले पनि करिब ३ हजार टन सहायता सामग्री बोकेका २०० भन्दा बढी ट्रक लाईनमा बसिरहेका छन्। जर्मन चान्सलर ओलाफ स्कोल्जले गाजा क्षेत्रमा सहायता सुरु गरेकोमा स्वागत गरेका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस