२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल, यस्तो छ म्याच रणनीति

Nepal won the toss against Hong Kong

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ ।

यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।

नेपालमा अहिले दशैँको माहोल रहँदा क्रिकेट खेलाडीहरु भने मैदानमा व्यस्त छन् । नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । दुई दिनअघि यही मैदानमा नेपालले हङकङविरुद्ध शानदार प्रदर्शन गरेको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस