२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानविरुद्ध नेपाललाई दोस्रो झड्का, दिपक बोहोरा शतक बनाउन चुके

Nepal go down second wicket against Japan

४ कात्तिक, काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

आज नेपालको ब्याटिङ सन्तोषजनक मात्र देखिन्छ । नेपालले ७.६ ओभरमा अर्जुन कुमाल आउट भए । २२.१ ओभरमा दिपक बोहोरा आउट भए । नेपालले दुई विकेट गुमाएको छ । अहिले क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खानल छन् । २३ ओभरमा नेपालले १३० रन जोडेको छ । अर्जुन कुमाल २३ बलमा मात्र १० रन जोडेर आउट भएका थिए । दिपक बोहोराले ७० बलमा ७९ रन बनाए । १० चौका र २ छक्का सहित उत्कृष्ट ब्याटिङ गरिरहेका दिपक शतक बनाउँन चुके ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह डी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपाल सेमिफाइनल जित्दै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्यमा छ । यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली यू-१९ एसिया कपमा छनोट हुनेछ ।

अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्नेछन् । दुवै सेमिफाइनलका विजेता फाइनल पुग्दै यू-१९ एसिया कपमा छनोट हुनेछन् । यस्तै सेमिफाइनलमा पराजित हुने टिमका लागि पनि यू-१९ एसिया कप पुग्ने अवसर हुनेछ । सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानको लागि खेल हुनेछ र उक्त खेलमा विजयी हुने टिम पनि यू-१९ एसिया कपमा पुग्नेछ । नेपालका कप्तान देव खनालले पहिले ब्याटिङ गर्दा २८० देखि ३०० रन बनाउन प्रयास गर्ने र त्यसलाई रक्षा गर्ने लक्ष्य रहेको बताए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस