२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा छानियो

४ कात्तिक, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ ।

वर्षाले प्रभावित भएपछि खेल २५ ओभर निर्धारण गरेर डीएलएस मेथड अनुसार नेपालको जापानका लागि १८७ रनको लक्ष्य निर्धारण गरियो । लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।

फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनौट भएको छ । यस प्रतियोगिताका तीन टिम एसिया कपमा पुग्नेछन् । नेपाल अब फाइनलमा पराजित भएपनि एसिया कपमा स्थान पक्का गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए । तर २५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । त्यसपछि नेपालले ब्याटिङमा फर्कन पाएन । जापानलाई जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य दिइयो । तर, नेपालको धारिलो ब्याटिङसामू जापानका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

फेरि एकपटक स्पिनर दिपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभर बलिङ गर्दा १३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले पनि तीन ओभरमा ८ रन खर्चेर तीन विकेट लिएका थिए । नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस