२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खगेन्द्र, दयाहाङ र दीलिप रायमाझीकी छोरी दिव्यालाई लिएर ‘वरिष्ठ बलराम’ बन्ने

Khagendra, Dayahang and Dilip Rayamazhi's daughter Divya Rayamajhi will become 'Baristha Balaram'

काठमाडौं । अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछानेसँग अभिनेतादीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्मी दुनियाँमा देखिने भएकी छिन् । यी कलाकारलाई लिएर फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको हो । दशैं फूलपातिको अवसरमा शनिबार यो रोम–कम ड्रामाको निर्माण घोषणा भएको हो ।

तीनै जना कलाकार फिल्ममा अनुबन्धित भैसकेको जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिए । उनका अनुसार छायांकन मंसिर १५ गतेदेखि सुरु हुने छ । यही फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।

उनी फिल्मका लागि दशैंपछि अमेरिकाबाट नेपाल आउने तयारीमा छिन् । दशैं लगत्तै फिल्मको कार्यशाला थाल्ने तयारी छ । पटकथा लेखन खगेन्द्र लामिछानेको हुनेछ । रोहित अधिकारी फिल्म्स र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको फिल्मको निर्मातामा रोहित अधिकारी र ओमप्रकाश अग्रवाल निर्माता छन् । मनोज ओली र रामु न्यौपाने सह–निर्माता हुन् । सुजन चापागाईंको संगीत र सुसन प्रजापतिको छायांकन हुनेछ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस