काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालको बलिङपनि उत्कृष्ट बनेको छ । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङले शुन्य रनमा नै एक विकेट गुमाएको छ ।
खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिएका छन् । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार