२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोटेश्वर–जडीबुटी खण्डका सुरुङ र फ्लाइओभर बनाउन जापान तयार

Japan ready to construct tunnel and flyover of Koteshwar-Jadibuti section

४ कात्तिक, काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै ट्राफिक अस्तव्यस्त हुने कोटेश्वर चोकको जाम हटाउन सरकारले फ्लाइओभर र सुरुङमार्ग बनाउने सुनिश्चित गरेको छ ।

यसका लागि सरकारले करिब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा यो परियोजना बनाउने घोषणा गरे पनि प्राविधिक रूपमा यसको टुंगो लागेको थिएन । जापानी सहयोग नियोग जाइकाले अध्ययन सकेपछि अब यो परियोजना अघि बढ्ने भएको छ ।

त्यसैअनुसार सरकारले जडीबुटी/कोटेश्वर/तीनकुने खण्डमा फ्लाइओभर सुरुङमार्ग (अन्डरपास) सहितको संरचना बनाउने गरी ऋण सम्झौता गर्ने गृहकार्य गरिरहेको सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसीले बताए ।

कोटेश्वरमा बिहान-बेलुकीको पिक आवरमा यहाँ यातायात साधनहरू जाम भएर २ देखि ३ घन्टासम्म रोकिनुपर्ने अवस्था छ । यो समस्या हल गर्ने उपाय सुझाउन सरकारले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई जिम्मा दिएको थियो ।

सरकारले जाइकाले कोटेश्वरमा दिएको तीन प्राविधिक विकल्पमध्ये एउटा रोजेको उपमहानिर्देशक जैसीले बताए । विभागले तीनकुने चोक र जडीबुटीमा फ्लाइओभर बनाउने कोटेश्वर चोक सहित बीचको खण्डमा अन्डरपास बनाउने विकल्प रोजेको हो ।

जाइकाले दिएको पहिलो दुई विकल्प रिंगरोड जोड्ने ठूला पूर्वाधारहरू थिए । तीनकुनेपट्टीबाट बालकुमारी जाने रिंगरोडमा ९ अर्ब लागतमा १.३ किलोमिटर फ्लाइओभर बनाउने पहिलो विकल्प थियो । कोटेश्वर चोक वारपार गर्ने गरी २४ अर्ब १.२ किलोमिटरको दुईतर्फी सुरुङमार्ग बनाउन सकिने दोस्रो विकल्प थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस