२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्व क्रिकेटमा नेपाली कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी साझेदारी रेकर्ड

Highest partnership for the 5th wicket Nepali Kushal Malla and Dipendra Singh Airi Nepal VS Hong Kong Mulpani 21 Oct 2023 T20I

काठमाडौं । शनिबार हङकङविरुद्ध दोस्रो खेलमा नेपालका दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी साझेदारी रेकर्ड राखेका छन् । पाँचौ विकेटका लागि क्रिजमा जुरेको यो जोडिले धर्मराएको नेपालको इनिङ्सलाई मात्र सम्हालेनन् विश्व क्रिकेटमा कीर्तिमानी साझेदारीको रेकर्ड राखे ।

कुशल र दीपेन्द्रले पाँचौ विकेटका लागि १४५ रनको कीर्तिमानी साझेदारी गरेका हुन् । यो टी–२०आईमै पाँचौ विकेटका लागि भएको सबभन्दा ठूलो साझेदारी हो । यसअघि पाँचौ विकेटमा न्यूजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध गत अप्रिलमा अविजित १२१ रनको साझेदारी गरेका थिए ।

हङकङले सुरुमा राम्रो बलिङ गरेपनि यो साझेदारीले हङकङको बलरलाई खेलमा पर्कने कुनै अवसर नै दिएन । ‘सुरुमा अर्ली विकेट गयो, तर दीप्पी दाई र कुशलको पार्टनरसीप भयो’ दुबै टी–२० को मुख्य खेलाडी भएको भन्दै कप्तान रोहितले भने, ‘जुन हिसावले उहाँहरुले ब्याटिङ गर्नुहुन्छ । १५–१६ ओभरमा १२० रन बनाएर १७०–१८० को लक्ष्य सोचेका थियौं । तर २१३ रन नै भयो ।’

नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । टी–२० आईमा दोस्रो शतक नजिक पुगेका कुशल इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भए । ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन बनाएका उनले पोष्टम्याचमा भने, धेरै पछि यस्तो राम्रो खेल खेल्न पायौं । खुशी छु ।’

कुशलसँग कीर्तिमानी साझेदारी गरेका दीपेन्द्रले पनि ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५७ रन बनाए । २१४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । करण केसी, सोमपाल कामी र ललित राजवंशीले राम्रो बलिङ गरेर लक्ष्य भेट्याउने हङकङको आशा चकनाचुर बनाइदिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस