२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्व नेपालको शानदार जित

Nepal won the toss against Hong Kong

काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालले शानदार जित हासिल गरेको छ । ब्याटिङ, बलिङ दुबै उत्कृष्ट गरेको नेपालले हङकङलाई ७९ रनले हरायो । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङले नेपाली बलरसामु खासै राम्रो उपस्थिती देखाउन सकेन ।

हङकङले शुन्य रनमा नै एक विकेट गुमाएको थियो । खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिए । २.२ ओभरमा ललित नारायण राजवंशीले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले निजाकात खानलाई आउट गरे । लेग स्पिनर निजाकात खान टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ।

७.६ ओभरमा सोमपाल कामीले नेपालका लागि तेस्रो विकेट लिए । उनले बाबर हायतलाई आउट गरे । १३.२ ओभरमा दीपेन्द्र सिंह ऐरीले देशका लागि चौथो विकेट लिए । १४.६ ओभरमा सोमपाल कामीले नै पाँचौं विकेट लिए भने १५.२ ओभरमा ललित नारायण राजवंशीले छैटौं विकेट लिए । १८.६ ओभरमा करण केसीले नै सातौं विकेट लिए । अन्तिम एक बल बाँकी रहँदा प्रतिश जीसीले आठौं विकेट लिए ।

नेपालका कुशल मल्लले ९ छक्का र ३ चौका सहित ४१ बलमा ९२ रन जोडे । दीपेन्द्र सिंह ऐरीले २ छक्का र ६ चौका सहित ३४ बलमा ५७ रन जोडे । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको थियो ।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस