२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुशल र दीपेन्द्रको विस्फोटक ब्याटिङ, हङकङलाई २१४ रनको लक्ष्य

Nepal made a record 314 runs against Mongolia on the record of Kushal and Dipendra

४ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । हङकङले जवाफी ब्याटिङ सुरु गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो । नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई मात्र २ रनमा आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमा आउट भए । त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।

तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले नेपालको पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे । १७औं ओभरको पाँचौं बलमा छक्का हादै मल्लले ३० बलमा अर्धशतक पुरा गरेका थिए । कअर्को ओभरमा ऐरीले पनि समान ३० बलमा ५० रन कटाएका थिए ।

ऐरी १९औं ओभरको अन्तिम बलमा आउट भए । कुल ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौकाको मदतमा ५७ रन बनाए । यस्तै अन्तिम बल खेल्नु अघि मल्ल ९२ रनमा पभेलियन फर्किएका थिए । ४१ बलको समना गरेका उनले ९ वटा चक्का र तीन चौका प्रहार गरे ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस