२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज एकैदिन तोलाकै १८०० बढेर सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

gold price today nepal

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो।

बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ पुगेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस