३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् । कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ ।
पौडेल कात्तिक २२ गते त्यसतर्फ जाने छन् । पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन ।त्यही क्रममा राष्ट्रपति जर्मनी पनि जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।