२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो, एडम जम्पाले लिए ४ विकेट

pak vs aus live score icc world cup 2023 pakistan vs australia live updates chinnaswamy stadium bengaluru

काठमाडौं । विश्वकप २०२३ को १८ औं खेलमा अक्टोबर २०, शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ। भारतको बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको थियो । डेभिड वार्नरले १६३ र मिचेल मार्सले १२१ रन बाहेक अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

मार्स र वार्नर क्रिजमा रहेसम्म अष्ट्रेलियाले ४ सय रन बनाउने देखिएको थियो । तर पाकिस्तानी बलरले शानदार पुनरागमन गरे । शाहिन अफ्रिदीले लगातार ५ विकेट लिए । हरिस रउफले ८ ओभरमा ८३ रन दिएर ३ विकेट लिए । तर पाकिस्तानी टोली ४५.३ ओभरमा ३०५ रनमा अलआउट भयो। पाकिस्तानका लागि इमाम उल हकले ७० र अब्दुल्लाह शफिकले ६४ रन बनाए । एडम जम्पाले ४ विकेट लिए ।

प्याट कमिन्स र मार्कस स्टोइनिसले २–२ विकेट लिए । पाकिस्तानले श्रीलंकालाई ३ सय ४५ रनको लक्ष्य पछ्याएको थियो तर अष्ट्रेलियासँग भने त्यो हुन सकेन । पाकिस्तानले शादाब खानलाई हटाएर उसामा मिरलाई मौका दिएको थियो । अष्ट्रेलियाले प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । पाकिस्तानले ४ मध्ये २ खेल जितेर अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । जहाँ अष्ट्रेलियाले ४ मध्ये २ खेल जितेर अंक तालिकाको चौथो स्थानमा पुगेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस