२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अधिकांशले गर्ने गल्ती : मुलासँग नखानुहोस् यी ५ चिज, नत्र यसले विष बनेर ज्यान लिनसक्छ

lifestyle milk cucumber and tea do not eat with radish it make you sick

काठमाडौं । तपाई हामीले प्रायः सलादमा मुला प्रयोग गर्छौ । सहरमा प्रायः मुला सधैं नै किन्न पाइन्छ । धेरैलाई मुला परौठापनि खान मन पर्छ । तर हामी तपाईलाई बताउछौं कि मुला खाँदा तपाईले केहि कुरामा ध्यान दिन आवश्यक छ। ध्यान नदिए मुला खाँदा हुने यी गल्तीले तपाईलाई महँगो पर्न सक्छ ।

त्यस्ता केही चीजहरू छन् जुन तपाईले भुलेरपनि मुलासँग खान हुँदैन । मुलासँग खान नहुने खानेकुराहरूका बारेमा हामी यहाँ उल्लेख गर्दैछौ । ध्यान नदिए तपाईको स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ र तपाईको स्वास्थ्य बिग्रन सक्छ। यही कारण गम्भीर रोगको शिकार बनेर ज्यान समेत जान सक्छ । ठूलो धनराशीको खर्च हुन्छ । त्यसोभए आउनुहोस् जान्नुहोस् ती खानेकुराहरू जुन तपाईले मुलासँग झुक्किएरपनि खानु हुँदैन।

तिते करेला
गल्तीले पनि मूलासँग तिते करेला खानु हुँदैन । यसले कब्जियत हुन सक्छ र मुटुसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ।

दुध
मुला खाँदा ख्याल राख्नुस्, केही समय अघि मुला खाएको छ भने झुक्किएरपनि दुध नपिउनुहोस्, यसले छालामा समस्या निम्त्याउन सक्छ ।

काँक्रा
प्रायः मानिसहरू सलादमा काक्रा र मुला मिसाएर खाने गर्छन् । तपाईले यसो गर्नबाट जोगिनु पर्छ। काँक्रामा एस्कर्बेट पाइन्छ जसले तपाईको शरीरमा एनिमिया कम गर्न सक्छ। त्यसमा मुला मिसिए ठूलो असर हुन्छ ।

सुन्तला
भूलवश पनि सुन्तला र मुलासँगै नखानुहोस् । एकै समयमा दुवै खाँदा पाचन समस्या र कब्जियत तथा पखाला हुन सक्छ।

चिया
मानिसहरु प्रायः बिहान खाली पेटमा चिया पिउने गर्छन् । त्यसपछि खानामा मुला सलाद खान्छन् । यस्तो अवस्थामा तपाईलाई एसिडिटीको समस्या हुन सक्छ । त्यसैले चिया पिएपछि मुला नखानुहोस् । मुला खाएपछि माथी उल्लेखित कुराहरु ६ घण्टापछि भने खान सकिन्छ । नभए नखाँदा नै अति उत्तम हुनजान्छ ।

यो महत्वपूर्ण र सबैलाई आवश्यक जानकारी आफूले पढिसकेपछि सबैका लागि सेयर गर्न नभुल्नुहोला ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस