२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फूलपातीमा के–के भित्र्याइन्छ ?

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा  घर घरमा शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउँदै मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा-आजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने प्रचलन छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

के के चाहिन्छ फूलपातीमा ?

शास्त्रीय मान्यता अनुसार फूलपातीको रुपमा नौ थरीका फूलपाती भित्र्याउने गरिएको छ ।

कदली दाढिमी धान्या हरिद्रा मानकं कचु : ।
विल्वशोका जयन्ती च विज्ञेया नवपत्रिका ।।

शास्त्रहरुका अनुसार नवपत्रिका(फूलताती) को रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत दशै घरमा राख्ने गरिन्छ । यी नौ किसिमका वनस्पपतिका क्रमश : ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई आह्वान गरेर पूजा गरिन्छ ।

यस वर्षको निमित्त फूलपाती भित्र्याउनका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत बिहान ७ बजेर ११ मिनेटमा छ । त्यस्तै विहान १० बजेर २४ देखि ११ बजेर ५४ मिनेटसम्ममा शुभ समय मानिएको छ । तर कतिपय क्षेत्रमा भने बेलुका फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।

आज सातौं दिन शक्ति कालरात्रिको नामद्वारा प्रसिद्ध छ । नवरात्री पर्व अर्थात दुर्गापूजाको सातौं दिन माता कालरात्रिको उपासना गर्ने दिन हो । यस दिन स्थापना र प्राणप्रतिष्ठा गरिएकी कालरात्रिको भोलिपल्ट अष्टमीको मध्यरात्रीमा तान्त्रिक पद्धतिले विशेष पूजाआज गरि विसर्जन गर्ने प्रचलन छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस