२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजबाट हलमा लागेको फिल्म ‘गणपथ’ कस्तो छ ? – पहिलो दिन नै सबैलाई अचम्बित पार्ने कमाईको आँकलन

Ganapath Box Office Collection Day 1 Prediction

नयाँ दिल्ली । टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन स्टारर फिल्म गणपथ अक्टोबर २० अर्थात् आज थिएटरहरूमा रिलिज भएको छ । जसका कारण फिल्मको नाम सोशल मिडियामा ट्रेंड भइरहेको छ।

फिल्मसँगै कृति सेननकी बहिनी नुपुर सेनन र रवि तेजाको टाइगर नागेश्वर राव र यारियान पनि गणपथसँग थिएटरमा हिट भएका छन् । जुन हेर्न लायक छ। तर बजेटको कुरा गर्दा गणपथतको चर्चा बढी हुन्छ किनभने फिल्मको बजेट १५० देखि २०० करोड भारु रहेको बताइएको छ । जहाँ फिल्मले पहिलो दिनको कमाईले फ्यानलाई चकित पार्नेछ ।

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार गणपथ द हिरो इज बर्नले पहिलो दिन मात्रै ४ करोडको ओपन गर्न सक्छ, जुन टाइगर श्राफको फिल्मको बजेटभन्दा निकै कम हो । टाइगर नागेश्वर रावको कुरा गर्दा पहिलो दिन ५ करोडको कलेक्सन हुने अनुमान गरिएको छ ।

फिल्म गणपथलाई विकास बहलले निर्देशन गरेका हुन्, जसमा टाइगर श्राफ र कृति सेनन एक्सन अवतारमा देखिएका छन्। जहाँ अमिताभ बच्चन एकदमै फरक अवतारमा देखिएका छन् । तर, दर्शकले यो फिल्म खासै मन पराएको देखिँदैन । यसबाहेक कामको कुरा गर्ने हो भने टाइगर श्राफले हिजो ‘सिंघम अगेन’ मा आफ्नो लुकको तस्बिर सेयर गरेका थिए, जसलाई फ्यानहरुको निकै माया पाइरहेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस