२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंका यी पेट्रोल पम्पहरुले यसरी उपभोक्ता ठग्दा रहेछन्, रहस्य खुलेपछि सिल

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

२ कात्तिक, काठमाडौं । काठमाडौंका केही पेट्रोल पम्पहरुले उपभोक्ता ठग्ने गरेको देखिएको छ । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्पबाट यो रहस्य खुलेपछि सिल गरिएको छ ।

केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।

‘जति धेरै पेट्रोल भर्‍यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’ सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।

मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस