२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दसैँमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने ( यस्तो छ सूचना )

२ कार्तिक, काठमाडौँ । विजया दशमीको दिनमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति तथा इच्छुक सर्वसाधरणलाई टीका लगाइदिने भएका छन्।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पौडेलबाट कार्तिक ७ गते विजया दशमीको टीका लगाउने विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि समय निर्धारण गरेको छ।

सार्वजनिक भएको कार्यतालिका अनुसार विशिष्ट व्यक्तिले टिका लगाउने समय १ घण्टा छुट्याइएको छ। यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ।

इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई ७ गते दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजे सम्मको समय निर्धारण गरिएको छ।

टीका लगाउन शितल निवास जाँदा मर्यादित पोसाकमा उपस्थित हुन राष्ट्रपति कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस