२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फ्रान्समा आक्रमणको धम्कीपछि सर्वत्र त्रास, तीन विमानस्थल खाली गरियो

Panic everywhere after threat of French attack

काठमाडौं । फ्रान्समा आक्रमणको धम्कीपछि सर्वत्र त्रास बढेको छ । फ्रान्सेली सहर लियोन, टुलुज र लिलेका तीनवटा विमानस्थलमा सुरक्षा कारण देखाउँदै बुधबारदेखि खाली गराइएको छ ।

फ्रान्सेली सहर लियोन, टुलुस र लिलेका एयरपोर्टमा आक्रमणको धम्की इमेल मार्फत जानकारी गराइएको प्रहरीले जनाएको छ । तर, प्रहरीले उक्त सूचना नक्कली भएको आशंका गरेको छ । गलत सूचना दिएको भएपनि जेल र भारी जरिवाना हुने प्रहरीले जनाएको छ । अहिले उक्त सूचना दिनेको खोजी कार्य जारी छ ।

एयरपोर्ट अधिकारीहरूले नाइसको रिभिएरा सहरस्थित विमानस्थलमा कसैले दाबी नगरिएको सामान फेला परेपछि केही समयका लागि अवरुद्ध भएको बताए। यहाँको सरकारले देशमा सतर्कता बढाएको छ । गत हप्ता अरासमा एक संदिग्ध इस्लामिक चरमपन्थीद्वारा एक विद्यालयका शिक्षकमाथि हमला भएपछि सरकारले देशमा सतर्कता बढाएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस