२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानद्वारा लामो दुरीसम्म मार हान्ने र निस्तेज गर्ने ‘अबाबिल’ हतियार प्रणालीको सफल परीक्षण

Pakistan successfully test-fires 'Ababil' long-range kill and incapacitation weapon system

इस्लामाबाद । पाकिस्तानले ‘अबाबिल’ हतियार प्रणालीको सफल परीक्षण उडान गरेको छ । पाकिस्तानले आफ्नो प्रतिरोध क्षमतालाई अझ बलियो बनाउन ‘अबाबिल’ हतियार प्रणालीको सफल परीक्षण गरेको हो । सेनाले यसको औपचारिक जानकारी दिएको छ ।

सेनाको सञ्चार शाखा ‘इन्टर सर्भिसेस पब्लिक रिलेसन्स’ (आइएसपीआर) ले जारी गरेको विज्ञप्ति अनुसार हतियार प्रणालीको डिजाइन, प्राविधिक मापदण्ड र कार्यसम्पादनलाई पुनः क्यालिब्रेट गर्न परीक्षण गरिएको हो । विज्ञप्तिमा भनिएको छ कि क्षेप्यास्त्र प्रणालीले यस क्षेत्रमा प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र रणनीतिक स्थिरता बढाउने लक्ष्य राखेको छ। मिसाइल प्रणालीको बारेमा सेनाले विस्तृत जानकारी दिएको छैन।

परीक्षण स्थलमा संयुक्त चिफ अफ स्टाफ कमिटीका अध्यक्ष जनरल साहिर शमशाद मिर्जा र रणनीतिक संगठनका वरिष्ठ अधिकारी, वैज्ञानिक र इन्जिनियरहरू उपस्थित थिए। जनरल मिर्जाले सफल परीक्षणमा योगदान गर्ने सबैको प्राविधिक सीप, समर्पण र प्रतिबद्धताको प्रशंसा गरे। राष्ट्रपति आरिफ अल्वी र कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकडले उपलब्धिको लागि रणनीतिक बलका सबै सदस्यहरूलाई बधाई दिए।

पाकिस्तानले २०२१ मा स्वदेशी रूपमा विकसित ( फतह–१ गाईडेड मल्टि–लन्च रकेट प्रणाली ) को सफल परीक्षण गर्‍यो। यस रकेट प्रणालीको दायरा १४० किलोमिटर छ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस