२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले हङकङलाई ६ विकेटले हरायो

Nepal won the toss against Hong Kong

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो । जवाफी ब्याटिङमा नेपालले १३.५ ओभरमा नै लक्ष्य हासिल गर्यो ।

हङकङको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस