२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३ दिनमा जुन पेट्रोल पम्प हेर्यो सबैमा ठगी, यो हदसम्मको तरिका अपनाउने ४ वटामा सिल

काठमाडौं । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ । निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाडौंका चार वटा पम्प सिल गरेको हो ।

अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल पम्प सिल गरेको हो । अनुगमन टोलीले आज बिहीवार हरिसिद्धि पेट्रोल पम्प सिल गरेको हो । हिजो बुधवार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्प सिल गरेको थियो । त्यस्तै टोलीले अस्ति मङ्गलवार बेलुका बाबा भ्याली पेट्रोल पम्प सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरूको अनुगमन गरिरहेको छ । सिल भएका पेट्रोल पम्पहरूलाई कारबाही गरेर मात्रै पुनः सञ्चालनको अनुमति दिइने सरकारले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस