२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले हङकङविरुद्ध १४ रन नजोड्दै ४ विकेट ढाल्यो

Nepal won the toss against Hong Kong

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट शृंखलामा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालले चमत्कारीक बलिङ गरेको छ ।

मुलपानीस्थित क्रिकेट मैदानमा नेपालले हङकङविरुद्ध १४ रन नजोड्दै ४ विकेट ढालेको छ । नेपालले हिजो यूएईविरुद्ध खेलेको टिमलाई नै मैदान उतारेको छ । करण केसीले लगातार तीन विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

करणले पहिलो बलमा नै कप्तान निजाकात खानलाई बोल्ड गरे । २.३ ओभरमा अंशुमन रथलाई करणले नै मैदान बाहिर पठाए । ३.६ ओभरमा सोमपाल कामीले मार्टिन कोएत्ज़ीलाई ढलाए । ४.३ ओभरमा करण केसीको बलमा कुशल भुर्तेलले क्याच गर्दै हायतलाई घर फर्काए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस