२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको विस्फोटक बलिङमा हङकङ ९४ रनमै अलआउट, करणले लिए ४ विकेट

Explosive bowling of Nepal against Hong Kong took 5 wickets for only 33 runs

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस